FAQs Complain Problems

समाचार

वडा नं. ७

इन्द्रावती गाउँपालिका नेपालको पछिल्लो प्रशासनिक विभाजन अनुसार प्रदेश नं. ३ मा पर्दछ ।इन्द्रावती गाउँपालिका भौगोलिक हिसाबले ८५०३४’३५” देखि ८५०४१’३४” र पूर्व देशान्तरसम्म२७०४२’१९” देखि २७०५२’०३” उत्तरी अक्षांश सम्म फैलिएर इन्द्रावती नदीको काखमा प्राकृतिकमनोरम संरचना सहित उच्च पहाडी क्षेत्रमा अवस्थित छ । १०५.११ वर्ग.कि.मी. क्षेत्रफल रहेकोयस इन्द्रावती गाउँपालिकाको उत्तरमा पाँचपोखरी थाङपाल र जुगल गाउँपालिका पश्चिमतर्फ मेलम्चीनगरपालिका, दक्षिणमा काभे्रपलाञ्चोक जिल्ला र पूर्वमा चौतारा साँगाचोकगढी नगरपालिका र जुगलगाउँपालिका रहेका छन् ।

नेपाल सरकारको निर्णय अनुसार मिति २०७३/११/२२ गते साविकका गाविसहरु क्रमशः सिम्पालकाभे्र, कुन्चोक, नवलपुर, वाँडेगाउँ, सिपापोखरे, भोटसिपा र भिमटार समेटेर इन्द्रावती गाउँपालिका घोषणा गरिएको थियो । । यस गाउँपालिकामा १२ वडाहरु रहेका छन् । राष्ट्रिय जनगणना, २०६८ अनुसार इन्द्रावती गाउँपालिकाको जनसंख्या २८,५१७ रहेको छ जस मध्ये पुरुष ४६.९१ प्रतिशत (१३,३७६ जना) र महिला ५३.०९ प्रतिशत (१५,१४१ जना) रहेको यस गाउँपालिकामा विभिन्न जातजाती तथा धर्म मान्ने व्यक्तिहरुको बसोबास रहेको छ । राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्क अनुसार सबैभन्दा बढी तामाङ्ग जाति ७४१४ जना (२६ प्रतिशत), दोस्रोमा ब्राम्हण (पहाडी)४२८३ जना (१५.०२ प्रतिशत) र तेस्रोमा क्षेत्री ४१८४ (१४.६७ प्रतिशत) हरुको बसोबास रहेको छ । शैक्षिक हिसावमा यस गाउँपालिकामा सामुदायिक १२ वटा मा.वि, ३९ वटा आधारभूत, र ८ वटा सामुदायिक बालविकास केन्द्र गरी जम्मा ५९ वटा शिक्षण संस्थाहरु संचालित छन् ।

यस गाउँपालिकामा औषत पारिवारीक आम्दानीमा कृषि व्यवसायको सबैभन्दा ठूलो हिस्सा रहेको छ र स्थानीय बासिन्दाको आम्दानीको अन्य श्रोतहरुमा व्यापार व्यवसाय, पशुपालन, साना उद्योग, सेवा, नोकरी हुन् । यसको साथै विकल्पमा वैदेशिक रोजगारी पनि एक हो । परम्परागत प्रणालीको कृषि व्यवसायको विकल्प खोजिरहेका यहाँका बासिन्दा क्रमशः आधुनिक कृषि प्रणाली र जीवनशैलीमा रमाउन थालेका छन् । स्थानीय जनशक्ति मजदुरी तथा अध्ययनका लागि विदेशिने क्रम बढिरहेको छ । यस गाउँपालिकामा आधारभूत देखि उच्च शिक्षासम्म प्रदान गर्ने शैक्षिक संस्था रहेका छन् । प्राविधिक शिक्षा र माथिल्लो तह अध्ययनका लागि यस गाउँपालिकाका स्थानीय विद्यार्थीहरु अन्य छिमेकी नगरपालिका तथा जिल्लामा जाने गरेका छन् । अधिकांश घरमा विद्युतीकरण भएको भएतापनि केही सिमान्तकृत वर्गमा रहेका नागारिक भने विद्युतीय उपभोगको पहुँचमा पुग्न सकिरहेका छैनन् । योजनाबद्ध विकास कार्यक्रम कार्यान्वयन तथा आवश्यक आर्थिक व्यवस्थापनमा कठिनाई हुनुले यस गाउँपालिका क्षेत्रको अपेक्षित विकास हुन सकिरहेको देखिँदैन । विभिन्न समुदाय, जातजातीका मानिसको बसोबास रहेको यस क्षेत्रमा विभिन्न चाडपर्व जस्तै नयाँ वर्ष, लोसार, उधौली, उभौली, साउने सक्रान्ति, कृष्णजन्माष्टमी, तीज, दशै, तिहार, माघे सक्रान्ति, चैते दशै आदि मनाउने गरिन्छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

कर्मचारीहरूकाे सम्पर्क नं.
१. श्री सुकुन खड्का                            कार्यालय सहायक                ९८१८३२५८६२
२. श्री सिता न्यौपाने                             कार्यालय सहयोगी                ९८२३०७१६९९    

 

Ward Contact Number: 
वडा नं.७